फेरि थपिए २० जना संक्रमित, कुल संख्या ५०७ पुग्‍यो

९ जेष्ठ २०७७, शुक्रबार १६:४६

काठमाडौ , नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको कुल संख्या ५०७ पुगेको छ। नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो।

पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी बाँके र मोरङका गरी २० जना छन्। मन्त्रालयका अनुसार हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन्।