पूर्व अर्थमन्त्री महतको संयोजकत्वमा अर्थतन्त्र केन्द्रित विशेष समिति गठन

२४ बैशाख २०७७, बुधबार १५:१०

काठमाडौं, नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ। पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा समिति गठन भएको हो।
१४ सदस्यीय समितिको सदस्यमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा पृथ्वीराज लिगल, डा शंकर शर्मा, डा जगदीशचन्द्र पोख्रेल, डा गोविन्द पोख्रेल र डा स्वर्णिम वाग्ले रहेका छन्।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।