नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

९ जेष्ठ २०७७, शुक्रबार ११:३२

काठमाडौ , नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो। शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्।