थप १७० जना संक्रमित, कुल संख्या १२१२ पुग्यो

१६ जेष्ठ २०७७, शुक्रबार १७:०५

काठमाडौं , आज थप १७० जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज १७० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

प्रवक्ता देवकोटाका अनुसार १७० जना थपिए सँगै देशभर संक्रमितको संख्या १२१२ पुगेको छ।
पछिल्लो पटक शुक्रबार १७० जना संक्रमित थपिएका हुन् । यसैगरी, २०६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै, यही संक्रमित मध्येबाट ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक अर्घाखाँचीका एक पुरुषको कोरोनाबाटै मृत्यु भएर कुल मृतक संख्या ६ पुगेको हो ।