डोल्पामा १७२ घरधुरीलाई राहत वितरण

२० बैशाख २०७७, शनिबार १०:०५

डोल्पा, ठूलीभेरी नगरपालिका ३ ले दलित, गरिव, श्रमिकलगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ। वडाभित्रका १७२ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको छ।

न्युन आय भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका जिल्लाबाहिरका १२२ घर परिवारलाई राहत वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ।

वडाभित्रका घरपरिवारले ३० किलो चामल, दुई पाकेट नुन, दुई पाकेट खाने तेल, दुई चक्की साबुन र बाहिर जिल्लाका श्रमिकले १५ किलो चामल, एक पाकेट नुन, एक पाकेट तेल र एक साबुन पाएका हुन्। नगरपालिकाले बनाएको नीतिअनुसार राहत वितरण गरेको बताउँदै परिमाणका हिसाबमा राहत बाँडेको वडाध्यक्ष अर्ण न्यौपानेले बताए।