कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल

७ जेष्ठ २०७७, बुधबार १५:२१

काठमाडौँ , काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण देखिएको छ। मैतीदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ। अहिले प्रहरीले कोरोना संक्रमण देखिएपछि मैतीदेवी क्षेत्रमा सिल गरेको छ। कमलपोखरी प्रहरी वृत्तले अहिले त्यो क्षेत्र सिल गरेको हो। संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको प्रहरीले जनाएको छ। मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।