कार्यकर्तालाई उचालेर संसद र सडकमा विरोध जनाउनु दोहरो चरित्र होः लोक दल

२ जेष्ठ २०७७, शुक्रबार १२:३६

काठमाडौं , लोक दलले बर्तमान सरकारलाई चीनप्रति लम्पसार भएर भारतको नाममा राष्ट्रवाद नझल्काउन आग्रह गरेको छ ।

उस्ले लिपुलेकमा भारतीय पक्षद्वारा बनाइएको सडक अहिले उदघाटनपछि मात्र किन चर्चामा ल्याइयो ? भन्दै प्रश्न पनि गरेको छ ।

उक्त पार्टीका अध्यक्ष कौशल सिंहले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ‘उक्त सडक निर्माण कार्यको शुरुवात सन् २००३ देखि नै भएकोमा यति लामो समयपछि निर्माण कार्य सम्पन्न हुँदासम्म राज्यपक्ष किन मौनधारण गरियो भन्दै निर्माण हुञ्जेल चुप बस्ने र अहिले उदघाटनपछि आफ्नो नेता कार्यकर्तालाई उचालेर संसद र सडकमा विरोध जनाउनु दोहरो चरित्र हो ।’