कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म सिल

५ जेष्ठ २०७७, सोमबार १८:३१

कपिलवस्तु , जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण जिल्लालाई जेठ २० गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राती १२ बजे सम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।

अति आवश्यकीय सामग्री, खाद्यान्न र औषधि खरिदका लागि प्रत्ये सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजे सम्म समय मिलाइएको प्रजिअ पौडेलले बताउनु भयो । जिल्ला सिल भएको अवस्थालाई उल्लघंन गर्नेमाथि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा गृह मंत्रालयबाट जारी भएका इपास पनि यस अवधिसम्मका लागि स्वतः निष्क्रिय हुने जनाइएको छ ।