कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना भागे

१३ जेष्ठ २०७७, मंगलवार ०९:०७

अर्घाखाँची , क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म कोरोना जाँच नभएको भनेर कपिलवस्तुको क्वारेन्टाइनमा रहेका ३० जना भागेका छन्।

कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन्। क्वारेन्टाइनमा बसेकाहरु कोरोनाको जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीयमा त्रास छाएको छ ।

उनीहरु सबै भारतको मुम्बईलगायतका शहरबाट फर्केको बताइएको छ । भारतबाट फर्किएपछि दुई हप्तासम्म बस्दा पनि कोरोनाको जांच नभएपछि आक्रोश पोख्दै क्वारेन्टाइन छाडेर गएका हुन्। कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ।