उपत्यकामा लकडाउन कडा बनाउन निर्देशन

३० बैशाख २०७७, मंगलवार १७:१३

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा लकडाउन कडा पार्न निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले आर्थिक गतिविधि भन्दा मानिसको जीवन ठूलो हुने भएकाले लकडाउन कडाइ गर्न निर्देशन दिएको बताइएको छ । आजै उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ । बैठकले उपत्यकालगायत विभिन्न क्षेत्रमा लकडाउन कडा पार्ने बारेमा निर्णय गर्ने भएको स्रोतले जनाएको छ ।