उच्चस्तरीय समिति बैठकको निष्कर्षः लकडाउन बढाउन सरकारलाई सिफारिस

४ जेष्ठ २०७७, आईतवार १९:००

काठमाडौं , उच्चस्तरीय समन्वय समितिले लक डाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समिति बैठकले लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनु भयो । बजेट छुट्याएरै भए पनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खबर पनि आएका छन्, विडारीले भन्नु भयो । लक डाउन नभएको भए अझ अवस्था भयावह हुने बैठकको निष्कर्ष छ । लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ। बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ।