उच्चस्तरीय समितिको बैठक बस्दै

२३ बैशाख २०७७, मंगलवार १२:५८

फाईल तस्विर

काठमाडौं , कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ। लकडाउनको मोडालिटी कस्तो बनाउने भन्‍ने विषयमा निर्णय गर्न समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्‍न लागेको हो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।