अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरको निर्देशन

१९ बैशाख २०७७, शुक्रबार १४:२७

काठमाडौं , पोखरा महानगरपालिकाले विद्यालयले सञ्चालन गरिररहेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ। पूर्वाधार बिना अनलाइन कक्षा सञ्‍चालन गरेकोमा उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। महानगरपालिकाले सम्पूर्ण विद्यालयहरूलाई परिपत्र गर्दै अनलाइन तथा इन्टरनेटको पहुँच नभएका विधार्थी र उनीहरूका अभिभावकलाई तनाव भएको विज्ञप्तिमा उल्लेख छ।