यस्ता छन् बेथेको सागमा अनेकौ औषधीय गुणहरु

२१ बैशाख २०७७, आईतवार १४:०८

काठमाडौं , हाम्रो गाँउ घरमा सजिलै पाइने बेथेको साग खानु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ ।हाम्रो करेशाबारी र खेतमा त्यसै पनि बेथेको साग उम्रने गर्छ । स्वादमा पनि निकै मिठो हुने यो सागमा प्रसस्त कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए र आइरन पाइन्छ । यसमा अनेकौ औषधीय गुणहरु पनि हुन्छ ।

यदि खोकी लाग्ने समस्या छ भने यसको सेवनले धेरै सुधार आउँछ । त्यस्तै यसको सेवनले पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ। बेथेको साग खाने गरेमा कब्जियत पनि हुँदैन ।

यसको सेवनले युरिक एसिड, रक्त र त्वचा विकार टाढा राख्न सहयोग गर्छ । यसको सेवनले स्तन क्यान्सको समस्या हुन दिदैन । मलद्वारबाट रगत बग्ने र रुघा लागेर सिगान बग्ने समस्या छ भने यसको सेवन राम्रो मानिन्छ । यदि अनुहारमा डण्डिफोरमा आएमा यसका पातहरुको पेस्ट बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ ।

यसमा हुने भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसको सेवनले कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्ने गर्छ ।

त्यस्तै यसको सेवनले मुटुलाई पनि स्वस्थ राख्छ । यदि महिनावारी अनियमिता भएको छ भने दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् र आधा पानी सुकेपछि छानेर पिउँनुहोस् ।(क्यानाडा नेपालबाट)