बुटवलका लवकुशले बनाए नेपालमै पहिलो काेराेना उपचारमा सहयाेग गर्ने राेवाेट, प्रदेश सरकारलाइ हस्तान्तरण

तस्बिरमा गो कोरोना रोवोट प्रदेश को सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण हुदै

बुटवल ।  रोबोटको अनुसन्धान र  निर्माण गर्दे आएका बुटवल योगीकुटीका जुम्लीया दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

आईसोलेशन अस्पतालमा  भर्ना भएका कोभिड १९ का संक्रमित विरामीहरुको हेरचाह गर्ने उदेश्यले निर्माण गरेको उक्त रोवोर्ट लवकुस पन्थीले सामाजिक विकास मन्त्री सुदर्शन वराललाई शनिवार हस्तान्तरण गर्नुभयो ।

सफ्वेयर  र एप वाहेक रोवोट निर्माणको लागि झण्डै ७० हजार रुपैया खर्च भएको कुश पन्थीले बताउनु भयो । कोरोना भाइसरको संक्रमणको महामारी शुरु भएपछि अस्पतालमा नर्सको काम रोवोटले गर्न सक्छ भन्ने सोचले रोवोट वनाएको लव पन्थीले बताउनु भयो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले लवकुशको कोरोना रोवोट बनाउने सोच नै समयसापेक्ष र नया सोच भएको बताउदै यसको विकासले नर्सको काममा सघाउने विश्वास दिलाउनु भयो ।

उहांले भन्नुभयो –लवकुश दाजुभाईको क्रियसन निकै लाभदायिक लाग्यो मन्त्रालयले उहांहरुलाई हौषला दिएको छ दिन्छ ।’ लककुशको प्रस्तावलाई स्वीकार गरी मन्त्रालयले रोवोट निर्माणको सम्पुर्ण खर्च वेहोर्ने भएको छ । मन्त्री वरालले युवाहरुको नयां–नयां खोज र अनुसन्धानलाई मन्त्रालयले सधै हौषला प्रदान गर्ने बताउनु भयो ।


प्रकाशित | २०७७ जेष्ठ ६ प्रकाशित १०:०१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ