बलिवुड नायिका पुनम पाण्डे लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ

२९ बैशाख २०७७, सोमबार १५:३८

मुम्बई , बलिवुड नायिका पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी रहेको लकडाउन उल्लंघन गरेको आरोपमा नायिका पाण्डेलाई आइतबार मुम्बई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् । नायिका पाण्डेमाथि सरकारी आदेशको लकडाउन उल्लंघन गरेको आरोप छ । पुलिसले उनीसँगै रहेका उनका साथी सेम अहमदलाई पनि पक्राउ गरेको छ ।

मुम्बई प्रहरीका अनुसार नायिका पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ भने आजै उनलाई अदालतमा पेश गरिने जनाइएको छ ।