लकडाउनको पूर्ण पालना गर्न आग्रह

२८ चैत्र २०७६, शुक्रबार १३:५०

काठमाडौं , नेपाल सरकारले कोरोना ( कोभिड – १९) को संक्रमण फैलन नदिनको लागी चैत्र ११ गते देखि घोषणा गरेको लकडाउनको पूर्ण पालनाका लागी काठमाडौं जिल्ला खेलकुद बिकास समितिले एक बिज्ञप्ति मार्फत अनुरोध गरेको छ । समितिका अध्यक्ष अरुण बस्नेतले बिज्ञप्ति जारी गदै सम्पूर्ण खेलाडी , प्रशिक्षक तथा खेल क्षेत्रसंग सम्वन्धित ब्यक्तिहरुलाई नेपाल सरकार र बिश्व स्वास्थ्य संगठनले जारी गरेका सावधानीका बिषयहरुमा ध्यान दिई ( कोभिड – १९) को संक्रमण फैलन नदिन आग्रह गर्नु भएको छ ।