राहत प्याकेज ल्याउन सरकारसँग चेम्बरको आग्रह

१६ बैशाख २०७७, मंगलवार १६:५५

काठमाण्डौ , नेपाल चेम्बर अफ कमर्शले राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।कोभिड–१९ बाट उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्बन्धमा सरकारलाई २९ बुँदे सुझाव दिँदै नेपाल चेम्बर अफ कमर्शले अर्थतन्त्रको कूल आकारको पाँच प्रतिशतसम्मको राहत प्याकेज ल्याउन आग्रह गरेको हो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई २९ बुँदे सुझाव दिँदै लकडाउनसँगै सबैभन्दा बढी असर परेका क्षेत्र तथा सबैस्तरका उद्योगलाई तत्कालै अल्पकालीन राहत प्याकेजमार्फत पूरानै अवस्थामा फर्काउन आग्रह गर्नुभयो ।