राज्यसत्तालाई नै सबैथोक ठान्नु अपराध हो, राजनीतिक ठग हुन्ः नारायणकाजी श्रेष्ठ

६ बैशाख २०७७, शनिबार १४:२३

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तालाई नै सबैथोक ठान्नु अपराध भएको बताउनु भएको छ ।
शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लकडाउनका बेला पैदल यात्रा गरेका जनतालाई सरकारले वास्ता नगरेको तर्फ संकेत गर्नु भएको हो ।

प्रवक्ता श्रेष्ठले सत्तालाई सबैथोक मानेर मनोमानी गर्न खोज्नेहरूमाथि तिखो प्रहार गर्नु भएको छ ।

उहाँले माओत्से तुङको विचारलाई सन्दर्भ लिँदै लेखनु भएको छ, ‘राज्यसत्ताबाहेक सबैथोक भ्रम हो भन्ने विचार माओले यो बिना समान्य सुधार सम्भव भपनि गुणात्मक परिवर्तन सम्भव छैन भन्ने कुराप्रति जोड दिन प्रकट गर्नुभएको हो ।’

उहाँले भन्नु भएको छ, ‘तर राज्यसत्तालाई नै सबैथोक ठान्नु अपराध हो । सत्ता त देश र जनताको सेवाको साधन मात्र हो । यो कुरा आत्मसात नगर्नेहरु राजनीतिक ठग हुन् ।’शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा यस्तो ट्वीट गर्नु भएको छ ।