मृत्यु संस्कारमा जानबाहेक अरुलाई पास दिनमा कडाइ

३ बैशाख २०७७, बुधबार १४:२९

काठमाडौं , कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा लगाइएको लकडाउनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारमा जानबाहेक अरुलाई पास नदिने बताएको छ । देशमा लागू भइरहेको लकडाउनको समयमा सवारी पास दिनमा कडाइ गरेको हो ।

सवारीसाधनको पास बनाउन मानिसहरूको भीड लाग्न थालेपछि जिल्ला प्रशासनले यस्तो निर्णय गरेको छ । बुधबार एक सूचना निकाल्दै सवारीसाधन पासको माग अत्याधिक बढेको र मानिसको भीडभाड तथा लकडाउनको उल्लंघन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।