मनकारी सांसदः काठमाडौंमा भोकभोकै परेका डोल्पाका दुई परिवारलाई खाद्यसामग्री उपलब्ध

२४ चैत्र २०७६, सोमबार १५:१५

डोल्पा , सांसद धनबहादुर बुढाले काठमाडौंमा भोकभोकै परेका डोल्पाका दुई परिवारलाई खाद्यसामग्री उपलब्ध गराउनु भएको छ । धनबहादुर बुढा डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुनुहुन्छ । सरकारले घोषणा गरेको लकडाउनका कारण डोल्पाका दुई परिवार काठमाडौंमा अलपत्र परी भोकभोकै बसेका थिए।

पूर्व राज्यमन्त्री समेत रहनु भएका बुढाले जिल्लाको मुड्केचुला गाउँपालिका अन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिँहको ३ जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाको ६ जनाको परिवारलाई काठमाडौंमै नुन, चामल, तेल, दाल र मसला लगायतका खाद्यसामग्री उपलब्ध गराउनु भएको हो । डोल्पाली सर्वसाधारणहरु भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरिद गरेर वितरण गरेको सांसद बुढाले जानकारी दिनु भयो ।