भारतमा सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध

५ बैशाख २०७७, शुक्रबार १३:३२


एजेन्सी ,

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – भारतको गृह मन्त्रालयले सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।

यद्यपि यो आदेश आउनुभन्दा धेरै पहिले नै विभिन्न शहरको नगरपालिकाहरुले कानुन बनाएर यसमा प्रतिबन्ध लगाएका थिए । तर त्यो कानुन लागू हुन सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो ।

अब गृह मन्त्रालयले लगाएको प्रतिबन्धको असर देखिने बताइएको छ ।

कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ ।