नवनियुक्त गभर्नर अधिकारीले गर्नु भयो पदभार ग्रहण

२५ चैत्र २०७६, मंगलवार १४:१७

काठमाडौं , नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गर्नु भएको छ । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त हुनु भएका अधिकारीले मंगलबार राष्ट्र बैंकमा गएर पदभार ग्रहण गर्नुृ भएको हो ।
सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिनु भएको थियो । पदभार ग्रहणअघि अधिकारीले राष्ट्र बैंकमा आयोजित विशेष कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्बोधन गर्नु भएको थियो ।