कोरोना संक्रमित युवती अस्पतालबाट घर फिर्ता

६ बैशाख २०७७, शनिबार १५:१६

काठमाडौं , दोस्रो कोरोना भाइरस संक्रमित युवती टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर घर फर्किएकी छन् ।उनी गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी थिइन् ।

उनी त्यहाँबाट डिस्चार्ज शनिबार भएकी हुन् । काठमाडौं घर भएकी ती युवती गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् ।