कोरोना भाइरसभन्दा यशु ठुलो भन्ने चर्चका पास्टरको कोरानाबाट मृत्यु

२ बैशाख २०७७, मंगलवार १९:३४

एजेन्सी , अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार निधन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् ।यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गर्नुअघि उनले चर्चमा आफ्ना भक्तजनलाई प्रवचन दिएका थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठुला छन् भन्ने मेरो गहिरो विश्वास छ,’ उनले भनेका थिए ।

उनले आफुलाई मर्ने डर नभएको पनि बताएका थिए । ४ अप्रिलमा ग्लेनकी छोरीले भिडियो पोस्ट गर्दै आफ्ना बाबु र आमा मार्सिया ग्लेन दुबैमा कोरोना संक्रमण देखिएको बताएकी थिइन् । चर्चले उनको नि’धनमा गहिरो शोक प्रकट गरेको छ । शोकाकूल परिवारमा कोरोना संक्रमणबाट बच्नुपर्ने चुनौती समेत रहेकाले उनीहरुलाई आफ्नै ढंगले शोक मनाउन दिइने चर्चको विज्ञप्तीमा उल्लेख छ । चर्चले संक्रमितहरुको छिटो शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।