कोरोनाबाट बच्न यी कुराहरुमा ध्यान दिनुस्

६ बैशाख २०७७, शनिबार १३:५७

एजेन्सी , संसारका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परेसँगै नेपालमा पनि संक्रमितको स‌ंख्या बढ्न थालेको छ । कोरोना संक्रमण फैलन नदिनका लागि हामीले हाम्रो बानीमा निकै सचेत हुनुपर्ने देखिन्छ ।

कोरोनाको संक्रमण फैलिन नदिनका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा यहाँ उल्लेख गरिन्छ ?

के गर्ने ?
आफ्नो व्यक्तिगत स्वच्छतामा ध्यान दिनुस् ।

साबुनले लगातार हात धुनुस् ।

हाच्छ्युँ गर्दा र खोक्दा मुख अवश्य छोप्नुस् ।

हात फोहर देखिएमा साबुन र पानीले अवश्य धुनुस् ।

हात फोहर नभएपनि हातलाई ह्यान्डवाशले अवश्य धुनुस् ।

प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द भाँडोमा फ्याँक्नुस् ।

अस्वस्थ भएमा विशेषगरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस् ।

मानिसहरूसँग दूरी बनाउनुस् ।

आँखा, नाक र मुख नछुनुस् ।

के नगर्ने ?
खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस् ।

सार्वजनिक स्थानमा नथुक्नुस् ।

काँचो र आधा पाकेको मासु नखानुस् । जीवित पशुको नजिक नजानुस् ।

खेततिर नजानुस्, पशु बिक्री हुने ठाउँ र वधशालातिर नजानुस् ।