कोरोनाको सङ्क्रमणबाट जोगिन लकडाउन गरिएको होः प्रधानमन्त्री ओली

१ बैशाख २०७७, सोमबार १३:२३

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताउनुभएको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बुधबारसम्म लकडाउन गर्ने यसअघिकै निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै मङ्गलबार र बुधबार हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको नीति तय हुने बताउनुभएको हो ।

लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उहाँले सङ्केत गर्नुभएको छ । कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको पनि उहाँले बताउनुभयो ।