कालोबजारी आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

२५ चैत्र २०७६, मंगलवार १६:०५

काठमाडौं, शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको हो।

उनलाई ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोप छ। ५ हजारमा पाइने थर्मल गन उनले १५ हजारसम्ममा बेचेको आरोप छ।उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत प्रहरीले बरामद गरेको छ।