कक्षा ११ र १२ को परीक्षा स्थगित

२५ चैत्र २०७६, मंगलवार १४:०१

काठमाडौं, कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । आज बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनु भयो ।

कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरिएको थियो ।

कोरोना भाइरसकै कारण एसईईको परीक्षा पनि स्थगित भएको छ । अब कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ ।