उपत्यका छाड्न चाहनेलाई सम्बन्धित स्थानमा पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार

२७ चैत्र २०७६, बिहीबार १८:४१

काठमाण्डौ , लकडाउनका कारण राजधानी बाहिर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।

‘यसअघि छलफल मात्र भएको हो निर्णय भएको होइन श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले आयोखवरलाई बताउनु भयो ।