अब पनि हेलचेक्र्याइँ गर्‍यौँ भने हामीले भोग्ने इटालीकै अवस्था होः डा शेरबहादुर पुन

२३ चैत्र २०७६, आईतवार १७:०३

काठमान्डौ , टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा शेरबहादुर पुनले कोरोना भाइरसको संक्रमण गम्भीर अवस्थाको संकेत गरेको बताएका छन् ।कैलालीमा कोरोना संक्रमित एक व्यक्तिको परिवारका सदस्यलाई पनि संक्रमण सरेको पुष्टि भएपछि यो महामारी दोस्रो चरणमा प्रवेश गरेको हो ।उनले भने अहिले यो संक्रमण स्थानीय व्यक्तिमा सरेको छ। जसलाई सेकेन्ड स्टेज (दोस्रो चरण) भन्छौं हामी। यो सम्भावना मैले पहिले देखेको थिएँ र भनेको पनि थिएँ( विदेशबाट भित्रिनेको व्यापक निगरानी गरौं र एक एकलाई क्वारेन्टिनमा राखेर नमुना परीक्षण गरौं।

विमानस्थलबाट आएका यात्रुको त अलि नि’गरानी हुन्थ्यो, तर जब स्थलमार्ग भएर खासगरी भारतबाट व्यापक मात्रामा नेपाल भित्रिनेहरूको नि’गरानी हुन सकेन। त्यसकारण यसमा विशेषगरी स्थानीय तह सचेत हुनुपर्थ्योरहुनुपर्छ। किनकि को कहाँबाट भित्रियो भन्ने जानकारी स्थानीय सरकारलाई बढी हुन्छ। सबै मानिस त इमान्दार हुँदैनन्। ९५ प्रतिशत इमान्दार भए पनि सबै त इमान्दार हुँदैनन् कि जसले आफू विदेशबाट आएपछि इ’मान्दारीपूर्वक जानकारी गराउन् र क्वारेन्टिनमा बसुन्। त्यसैले मैले भनेको थिएँ( जति पनि विदेशबाट आउँछन्, तिनलाई १४ दिन क्वारेन्टिनमा राख्ने र एक एक परीक्षण गर्ने।

त्यसो हुन नसक्दा आज यस्तो स्थिति आएको हो। जो इमान्दार थिए, उनीहरु विदेशबाट आएपछि इ’मान्दारीपूर्वक क्वारेन्टिनमा बसे, अस्पताल गए र उपचार गराए। तर संसारमा सबै मानिस इ’मान्दार हुँदैनन्। त्यसैकारण सरकारी तहबाट पनि नि’गरानी कडा पारिनुपर्थ्योरपारिनुपर्छ। अझै पनि बितिसकेको छैन। तर अब पनि ढिला गर्‍यौ‌ँ भने हामीले पनि चीन र इटालीले भोगेको पीडा भोग्ने स्थिति नआउला भन्न सकिन्न। म’हामारीले दोस्रो चरण पनि पार गर्‍यो भने के हुन्छ त्यो चीन, इटालीले भोगेको पी’डा हामी सबैलाई थाहै छ।

(कोरोना भाइरसको संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ।त्यसैले अब १ मिनेट पनि ढिला नगरी जहाँ स्थानीय व्यक्तिमा संक्रमण सरेको पुष्टि भएको छ त्यस ठाउँलाई तुरुन्त सि’ल गरी परीक्षणलाई व्यापक बनाउनुपर्छ। कैलालीमा को’रोना संक्रमित युवाबाट जो स्थानीय महिलालाई संक्रमण सर्‍यो, ती महिला कहाँ(कहाँ गएकी थिइन्, को(कोसँग सम्पर्क गरेकी थिइन्, त्यो तुरुन्त पत्ता लगाएर क्वा’रेन्टिन र प’रीक्षणलाई द्रुत बनाउनुपर्छ। (यही स्थितिलाई विचार गरेर सरकारले शनिबारदेखि लकडाउनलाई कडा बनाएको छ।

एक स्थानीय तहबाट अर्कोमा पनि आवतजावत गर्न नपाइने सरकारले जनाएको छ। साथै स्थानीय व्यक्तिमा संक्रमण फैलिएको कैलालीका साथै कञ्चनपुर र बागलुङ तीन जिल्लामा परीक्षण व्यापक बनाउने निर्णय गरिसकेको छ।० अहिले एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ, अब एक गाउँ वा समुदायबाट अर्को गाउँ वा समुदायमा यो संक्रमण फैलिनबाट रोक्न तुरुन्त लाग्न जरुरी छ। अझै पनि ढिलासुस्ती गर्ने, बैठकमै एकरदुई दिन बिताउने गरियो भनेचाहिँ स्थिति भयावह हुने संकेततिर उन्मुख छ।तसर्थ केन्द्रीय अर्थात् स्थानीय सरकारले, म त भन्छु( अझ यसमा स्थानीय सरकार बढी जानकार हुन्छ, उसले तुरुन्त ए’क्सनमा जान जरुरी छ।

अब हामीले रणनीति परिवर्तन गर्न ज’रुरी छ। नयाँ योजना बनाउनुपर्छ मात्र होइन कि तुरुन्तै लागू गर्नुपर्छ। जुन गाउँमा संक्रमण भएका व्यक्ति छन्, ती गाउँका कसैलाई पनि रु’घाखोकी लागेको छ भने तुरुन्तै उसलाई क्वारेन्टिनमा राखेर परीक्षण गर्नुपर्छ। उस लाई फुत्किन दिन हुँदैन। अब पनि ढिलासुस्ती, हेलचक्र्याइँ गर्‍यौँ र कोरोना भाइरस एक सुमुदाय गाउँबाट अर्कोमा सार्‍यौँ भने स्थिति भयावह हुनेछ। (सिधाकुराबाट)