अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको माग

९ बैशाख २०७७, मंगलवार १५:३७

काठमाडौं, नेपाली कांग्रेसले सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरू फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो ।