सैनामैना नगरपालिकाले किटनाशक औषधी छर्किने

बुटवल ।  रुपन्देहीको सैनामैना नगरपालिकाले ‘डिसइन्फेक्सन स्प्रे ’ किटनाशक औषधी छर्कने भएको छ । नगरपालिकाले सोमबार (आज )  दिउँसो ४ बजेदेखी वडा नं १ बनकट्टा बाट किटनाशक औषधी छर्किने भएको हो ।

विभिन्न सामाजिक संघ संस्था तथा क्लवको सहकार्यमा बढी भिडभाड हुने क्षेत्र, नगरको सम्पुर्ण बजार क्षेत्र तथा गल्लीहरुमा किटनाशक औषधी छरिने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । नगरमा डेंगुको रोकथाम तथा कोरोना भाइरस ( कोभिड– १९ ) को संक्रमण हुन नदिन किटनाशक औषधी छर्न थालिएको नगर प्रमुख कार्कीको भनाइ छ ।

नगरपालिकाका सुचना अधिकारी केशवराज अर्याललले सोमबार दिउँसो ४ बजेदेखी वडा नं. १ बनकट्टाबाट किटनाशक औषधी छर्कने कार्यक्रम रहेकोले उक्त समयमा पशुचौपायाहरु नछोड्न सम्पुर्णमा आग्रह गर्नुभयो । उक्त कार्यमा आवश्यक सहयोग गर्न समेत सर्वसाधारणमा नगरपालिकाले अनुरोध गरेको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकले  विभिन्न सामाजिक संघ  संस्था तथा क्लवको सहकार्यमा बिषादि छर्कर्ने निर्णय गरेको थियो ।


प्रकाशित | २०७६ चैत्र २४ प्रकाशित ०८:०८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ