समाजवादी –राजपा पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी

१० बैशाख २०७७, बुधबार २३:४३

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ ।

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी राखिएको बताए।

राजपाका नेता राजेन्द्र महतोले भोलि नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने बताए।

करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्।

पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ ।

दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।