यी हुन गोलभेडा खानुका फाइदाहरु

२ बैशाख २०७७, मंगलवार १४:३३

काठमाडौं , हाम्रो भान्सामा गोलभेडा दैनिक प्रयोग हुने गर्छ । गोलभेडा बिनाको तरकारी हामीलाई मिठो पनि हुदैन । गोलभेडाको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक पनि छ । यसमा प्रशस्त भिटामिन र खनिज पदार्थ पाइन्छ ।

यसमा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस पाइन्छ । यसको सेवन गर्ने गरेमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशत कम हुने अनुसन्धानमा पनि बताइएको छ । यसको सेवनले क्यान्सरको सम्भावना पनि कम गर्छ । गोलभेडाको सेवन गर्ने गरेका हाम्रो छालाको कोषहरुलाई विग्रन पनि दिदैन । यसको सेवनले हड्डी पनि बलियो बनाउछ ।

किनकी यसमा क्याल्सियम र एन्टी अक्सीडेन्ट हुन्छ । गोलभेडाको नियमित सेवन गर्नेलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरी पनि हुदैन । यसको दैनिक सेवनले पाचनशक्ति पनि बढाउछ । यसको सेवनले चुरोटखाँदा हुने असर कम गराउछ । त्यस्तै गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल पनि चम्किलो र बलियो हुन्छ ।