प्रदेश ५: १ सय ३२ जनामा कोरोना नेगेटिभ,५६ को रिर्पोट आउन बाँकी

२८ चैत्र २०७६, शुक्रबार ०९:२७

बुटवल । प्रदेश नं.५ मा आज सम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

बिहिबार सम्म १ सय ३२ जनाको स्वाबको रिर्पोटमा कोरोना नेगेटिभ देखिएको छ । प्रदेशका बाह्र जिल्लाबाट आज सम्म १ सय ८८ जना बिरामीको स्वाब संकलन भएको छ । त्यसमध्ये १ सय ३२ जनाको रिर्पोट आएको र उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बाँकी ५६ वटा स्वाबको रिर्पोट आउन बाँकी छ । कारोनाको आशंकामा अहिले सम्म १ सय ८२ जना बिरामी अस्पताल आएको तथ्याङ्क छ । ती मध्ये २६ जनाको अहिले पनि आइसोलेसनमै उपचार भइरहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले बिहिबार साँझ सम्म १ सय ३२ वटा नमुना परिक्षण गरीएकोमा ती सबैको रिर्पोट नेगेटिभ आएको बताउनु भयो । उहाँका अनुसार ५६ वटा नमुना परिक्षणकै क्रममा छ ।
गत आइतबार देखि भैरहवाको प्रदेश कोरोना परीक्षण प्रयोगशाला संचालनमा आएपछि स्वाब संकलन र परीक्षणले तिब्रता पाएको प्रदेश जनश्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताउनु भयो । प्रयोगशालामा दैनिक १२÷१३ वटा नमुना परीक्षण भइरहेको छ ।
क्वारेन्टाइनमा साढे दुइ हजार
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टिनहरुमा २ हजार ५ सय ७२ जना छन । निर्देशनालयका निर्देशक बिनोद कुमार गिरीका अनुसार २ हजार ५ सय ७२ जना अहिले क्वारेन्टाइनमा बसेका हुन । प्रदेशका बाह्रवटै जिल्लामा ३ सय ८ वटा क्वरोन्टाइन छन । तीनमा ६ हजार ४ सय ५१ बेड क्षमता छ । कारोना महामारीको त्रास सुरु भएपछि मात्रै प्रदेश ५ का बिभिन्न जिल्लाका नाका हुँदै भारतबाट १ लाख ९९ हजार ८६७ नेपाली फर्केका छन । ती मध्ये केही प्रदेश पाँच भन्दा बाहिरका जिल्लाका पनि छन । करिब ६० प्रतिशत प्रदेश भित्रकै रहेको अनुमान गरीए पनि अधिकाँस क्वारेन्टिनमा बसेका छैनन । त्यसरी फर्केकाहरु गाँउघरमा निस्फीक्रि हिडडुल गर्दा जोखीम बढ्ने चिन्ता स्वास्थ्यकर्मीहरुले गरेका छन ।
स्थानीय तहहरुले आ आफनो पालिका भित्र भारतबाट फर्केकालाइ घरमै सुरक्षित क्वारेन्टाइनमा बस्न आग्रह गरेको र संकास्पद बिरामीलाइ तत्काल स्वास्थ्य सस्था लैजाने व्यवस्था गरीएको डा गिरीले बताउनु भयो । बिदेशबाट आएकालाइ भने अनिबार्य क्वारेन्टाइनमै राखीएको बताइएको छ ।
क्वारेन्टिनमा दुइ साता बस्नेको र्यापिड टेष्ट गरीदै
कोरोना संक्रमणको जोखीम घटाउन क्वारेन्टिनमा बसेकाहरुको भोली देखि र्यापिड टेष्ट गरीदै छ । प्रदेशको बाह्रवटै जिल्लाका क्वारेन्टिनमा दुइ साता बसीसकेकाहरुको र्यापिड डायगोनोष्टि टेष्ट गरीने भएको हो ।
त्यसकालागि रेपिट टेष्ट किटको माध्यमबाट दुइ साता क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरिन्छ । रिर्पोट पोजेटिभ आए स्वाव परीक्षणकालागि पठाइने र रिर्पोट नेगेटिभ आएका व्यक्तिलाइ घर पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । र्यापिड टेष्टकालागि संघीय सरकारले ५ हजार थान किट पठाएको छ । २ वटा जिल्ला हेर्ने गरी स्वास्थ्य कर्मीको ६ वटा टोलीलाइ खटाइएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भयो ।