पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।  उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ । 


प्रकाशित | २०७७ बैशाख १० प्रकाशित २२:२७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ