एकैदिन थपिए १४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन १४ जना नोबेल कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

थपियका संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ । सबै ३० मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।


प्रकाशित | २०७७ बैशाख ५ प्रकाशित १९:४४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ