अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । सीएनएनका अनुसार आइतबार अमेरिकामा एक हजार एक सय ३७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै समग्र मृत्यु हुनेको संख्या नौ हजार छ सय ३३ पुगेको छ ।

पछिल्लो तीन दिनमा मात्र अमेरिकामा तीन हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । शुक्रबार अमेरिकामा भाइरसको कारण एक हजार एक सय ६९ जनाको मृत्यु भएको थियो भने शनिबार एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म समग्र संक्रमितको संख्या तीन लाख ३७ हजार नाघेको छ । आइतबार मात्र अमेरिकामा २५ हजार २९ नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकामा अहिलेसम्म १७ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको दुई साता अमेरिकाको लागि निकै कठिन हुने बताएका थिए ।


प्रकाशित | २०७६ चैत्र २४ प्रकाशित ०९:०६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ