होलीमा उच्‍छृंखल गतिविधि गर्ने २५ जना प्रहरीको नियन्त्रणमा

२६ फाल्गुन २०७६, सोमबार १६:२६

फाइल तस्विर

काठमाडौं , होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले उपत्यकाका विभिन्‍न स्थानबाट नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ। त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।