सुनको मुल्य एक हजार रुपैयाँले बढ्यो

५ चैत्र २०७६, बुधबार १०:४५

काठमाण्डौ , सुनको मुल्य बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।