श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

१ चैत्र २०७६, शनिबार १९:१५

काठमाडौं , सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जनाएको हो ।

सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अर्थात् वैशाख १२ गतेभन्दा अगाडि ‘नो अब्जेक्सन सर्ट्फिकेट नदिने निर्णय गरेको छ ।