रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु

२९ फाल्गुन २०७६, बिहीबार १८:२०

काठमाडौं , पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु भएको छ ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच उक्त अभियान सुरु गरिएको हो ।

अभियानका संयोजक खरेलले राज्य संयन्त्रका सबै नेतृत्वले जनतालाई धोका दिएपछि आफूहरुले सुशासन अभियानमा उत्रिनु परेको बताउनु भयो ।