‘भन कुन चाहिँ खुशी दिउँ’ सार्वजनिक

२४ फाल्गुन २०७६, शनिबार १८:२३

काठमाडौं , गायक सुगम पोखरेलको गीत ‘भन कुन चाहिँ खुशी दिउँ’ को भिडियो सार्वजनिक भएको छ । रामकुमार शिवाकोटीको शब्द तथा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा गायिका बोब्बी लिम्बुले गायक पोखरेललाई आवाजमा साथ दिएकी छन् ।

नायिका श्रीष्टि खड्का र नायक निराजन प्रधानको उक्त गीतको भिडियोमा अभिनय रहेको छ । निशान काश्यपको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् भने निर्देशक काश्यपकै सम्पादन रहेको छ ।

अम्बिका म्युजिक नेपालको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।