बढ्यो सुनको मूल्य

९ चैत्र २०७६, आईतवार १४:००

काठमाडौं , सुनको मूल्य बढेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रति तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा रु २० बढेर तोलामा ७२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचँँदी व्यवसायी महासंघले जनाएको छ ।