प्रधानमन्त्रीको सन्देश– छिटै काममा फर्कन्छु

२३ फाल्गुन २०७६, शुक्रबार १२:३२

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शय्याबाट सन्देश पठाउनु भएको छ ।
मिर्गौला प्रत्यारोपणपछि थप उपचार र स्वास्थ्यलाभ गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै स्वास्थ्यमा तीव्र सुधार देखापरिरहेको र यथाशीघ्र काममा फर्कने विश्वास व्यक्त गर्नु भएको हो ।

प्रधानमन्त्री ओली र प्रमुख राजनीतिक सल्लाहकारबीच शुक्रबार बिहान भेट भएको थियो । प्रधानमन्त्री ओलीले छिट्टै म काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी गराउनु भएको छ ।
“सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । “साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु,” उहाँले माइक्रो ब्लगिङ साइटमा ट्विट गर्नु भएको छ ।