‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक

२९ फाल्गुन २०७६, बिहीबार १५:११

काठमाडौं , गायिका मेलिना राईको आवाज रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको संगीत र नोर्वु लामाको एरेञ्ज रहेको छ । कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

ड्रिम्स गेट इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरमा बनेको छ । राजेन्द्र पाण्डेको छायांकन गरेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।