नेपाली कथानक चलचित्र ‘तक्दिर’ निर्माण हुने

१ चैत्र २०७६, शनिबार १९:०३

काठमाडौं , शंकर अधिकारी घायलको निर्देशनमा नेपाली कथानक चलचित्र ‘तक्दिर’ निर्माण हुने भएको छ । सामाजिक विषयवस्तुमा आधारित रहेको उक्त चलचित्र विजी बर्मा फिल्मस प्रालिको ब्यानरमा बन्न लागेको हो । २० चैतबाट छायांकनमा जाने तयारीमा निर्माण पक्ष जुटेको छ ।

चलचित्रमा रवि खड्का, श्रेया दुलाल, गंगा कुँवर, सागर गुरु चौलागाईं, राजु पौड्याल लगायतका कलाकार अनुबन्धित भइसकेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको, द्वन्द्व राजन महर्जनको नृत्य निर्देशन रहेको जनाइएको छ ।