दूध र जुसजस्तै प्राकृतिक हुन्छ बियर, यी हुन् पिउँदाका ९ फाइदा

२९ फाल्गुन २०७६, बिहीबार १६:४८

काठमाडौं, बियर एक पेय पदार्थ हो । बियर पिउनुलाई राम्रो मानिँदैन । तर, बियर पिउनुका धेरै फाइदा छन् । बियर दूध र जुसजस्तै प्राकृतिक हो । यसमा कुनै मिसावट हुँदैन । सीमित मात्रामा बियर पिउँदा विभिन्न समस्याबाट समाधान पाउन सकिन्छ ।

मिर्गौलामा पत्थरी हुनबाट बचाउँछ

बियरका फाइदाहरूमा सबैभन्दा पहिला मिर्गौलामा पत्थरीको चर्चा हुन्छ । यदि तपाईंको मिर्गौलामा स्टोनको समस्या छ भने त्यसको सबैभन्दा सजिलो र फलदायी उपाय भनेको बियर पिउनु हो । हरेक बियर पिउनाले बिस्तारै बिस्तारै पिसाबमा मिसिएर स्टोन बाहिर निस्कन्छ ।

फिनल्याण्डको रानधानी हेलसिन्कीमा २७ हजार मानिसमा गरिएको एक रिसर्चमा नियमित हरेक दिन एक बोत्तल बियर पिउनाले मिर्गौलामा पत्थरी हुने खतरा ४० प्रतिशतसम्म कम हुने तथ्य पत्ता लागेको हो ।

किनकि बियरमा पानी र अल्कोहल दुवै हुने भएकाले पिसाब पातलो हुन्छ । पिसाब पातलो हुँदा बहाव तेज हुन्छ र यसले गर्दा स्टोन बन्ने खतरा कम हुन्छ ।

हृदयाघातबाट बचाउँछ

बियर पिउनाले हृदयाघात हुने सम्भावना कम हुन्छ । यो अमेरिकाको पेन्सिलवेनियाको एक युनिभर्सिटीमा गरिएको रिसर्चबाट पत्ता लागेको हो ।

तेज दिमागका लागि

स्ट्रोक दिमागमा देखापर्ने समस्या हो । दिमागमा रगतको टुक्रा जम्न गई रगत र अक्सिजनको प्रवाह रोक्ने हुन्छ, जसलाई स्ट्रोक भनिन्छ । तर, बियर पिउनाले दिमागमा रगतको सञ्चार तेज हुन्छ, जसले गर्दा रगत जम्ने सम्भावना धेरै कम हुन्छ ।

मजबुत हड्डीका लागि

बियरमा सिलिका नामको तत्त्व भरपूर मात्रामा हुन्छ । यसले हड्डीको विकासका लागि महत्त्वपूर्ण योगदान गर्दछ । मासाच्युसेट्सको एक युनिभर्सिटीमा गरिएको अध्ययनका अनुसार यदि तपाईं एक दिनमा एक ग्लास बियर पिउनुहुन्छ भने तपाईंको हड्डी फ्याक्चर अर्थात् भाँचिने सम्भावना कम हुन्छ ।

डायबिटिजबाट बच्न

२०११ मा हार्वर्ड युनिभर्सिटीमा गरिएको एक अध्ययनअनुसार हरेक दिन २ ग्लास बियर पिउनाले डायबिटिज हुने सम्भावना २५ प्रतिशतसम्म कम हुन्छ ।

अल्जाइमर (भुल्ने समस्या) बाट बच्न बियर

अल्जाइमर अर्थात् भुल्ने समस्याबाट छुटकारा पाउनका लागि बियर उपयोगी पिय पदार्थ हो । विभिन्न देशमा गरिएका अध्ययनले नियमित रूपमा बियर पिउनाले भुल्ने समस्या २३ प्रतिशतसम्म कम हुने देखाएको छ ।

मीठो निद्राका लागि

इन्सोम्निया अर्थात् निद्रा नपर्ने समस्या तपाईंलाई छ भने बियर पिउनुहोस् । बियर पिउँदा दिमागमा डोपामिनको प्रवाह तेज हुन्छ र यसले शरीरलाई आराम दिन्छ अनि मीठो निद्रा पर्छ ।

क्यान्सरको उपचारमा उपयोगी

बियर बनाउनका लागिें हाप्स नामको बिरूवाको प्रयोग गरिन्छ । यसमा ह्युमुलोन्स र ल्युपुलोन्स नामको एसिड बैक्टेरिया पाइन्छ । यसले क्यान्सरको उपचारका लागि मद्दत गर्दछ ।

चायाको समस्याबाट छुटकारा

चायाको समस्याबाट छुटकारा पाउनु छ भने बियरको प्रयोग गर्नुहोस् । बियरा यिस्ट र भिटामिन बी भरपूर मात्रामा पाइन्छ, जो चाया अर्थात् डैंड्रफ रोक्नका लागि उपयोगी मानिन्छ । बियरले कपाल धुँदा चायाको समस्या समाधान हुन्छ ।
(शिलापत्रबाट साभार )

(यो सामग्रीको उद्देश्य बियर पिउने प्रोत्साहनका लागि होइन)