कोरोनाबारे नयाँ खुलासाः दिसाबाट सर्छ, रगतबाट पत्ता नलागे दिसाबाटै पत्ता लाग्छ

६ चैत्र २०७६, बिहीबार १७:००

एजेन्सी , चीनको एक यूनिभर्सिटीले कोरोना संक्रमणबारे नयाँ खुलासा गरेको छ । शोधकर्ताका अनुसार कोरोना भाइरस छुने, हाच्छ्युँ गर्ने तथा खोकीबाट मात्रै सर्दैन ।

अनुसन्धानका अनुसार कोरोना संक्रमित व्यक्तिको दिसाबाट पनि दोस्रो व्यक्तिलाई संक्रमण सर्न सक्छ । चिनियाँ अनुसन्धानकर्ताहरूले मानिसको दिसाबाट पनि कोरोना सर्ने भन्दै विश्वभरका सबै कोरोना संक्रमितको ुस्टूल टेस्टु गर्नुपर्ने बताएका छन् । जसबाट कोरोना पुष्टि हुन सक्ने उनीहरूले बताएका छन् ।

चीनको हङकङ यूनिभर्सिटीका मेडिसिन विभागका शोधकर्ताले १४ जना कोरोना भाइरस संक्रमितको शरीरबाट ३ सय ३९ नमुना परीक्षण लिइएको थियो । उनीहरूको मल, मुत्र, नाकको स्वाब, घाँटी, थुक तथा रगतको परीक्षण गरिएको थियो ।

परीक्षणबाट तीन मानिसको नाकको स्वाब तथा थूकमा कोरोना संक्रमण भेटिएन । तर सबै १४ जनाकै दिसामा कोरोना संक्रमण पाइएको थियो । उनीहरू सबै मानिसको दिसाका कारण संक्रमित भएका थिए ।

अचम्मको कुरा के छ भने, सबै मानिसको मुत्रबाट संक्रमण देखिएन । तर ४ जनाको रगतमा संक्रमण पाइयो ।

प्रोफेसर पोल चैन के–श्योंगले बताएका छन् कि, थुकको माध्यमबाट कोरोना भाइरसको संक्रमणको परीक्षण गर्नु एकदमै राम्रो हो । तर अहिले मानिसको शरीर भाइरस र ब्याक्टेरियाको घर बनिसकेको छ । त्यसकारण बाँकी परीक्षण गर्नु अत्यावश्यक हुन्छ ।

उनका अनुसार ती मानिसको परीक्षणका क्रममा १ मिलिलिटर थुकमा ३२ लाख भाइरस पाइएको छ । जबकी मानिसको दिसामा १२ हजार भाइरस प्रति मिलिलिटर पाइएको छ । उनले मानिसको दिसामा समेत कोरोना भाइरसले कब्जा जमाएको बताएका छन् । (लोकान्तरबाट साभार गरिएको हा)